बुधबार, बैशाख १२, २०८१

नारी कुन्ठाको आवाज आउँछ तिजको गित बनेर

काठमाडौ भाद्र ५/आर्या न्यौपाने 

नारी अनि तिज बिर्सने होइन मौलिक पर्व ,
सुधार्ने हो हेर… नारी कुन्ठाको आवाज आउँछ
तिजको गित बनेर !!
समस्या मानी सजिन्छिन नारी
केही सहज ठाँनी,

तिज पर्वनै रोज्छन नारी  गित बनाउन आफ्नु कहानी !!
माइती चेली सम्बन्ध लाई

घच्घच्याउने यो चाडमा,
बिर्सन्छ आधुनिकताले
नत्र चेली र माइतीको नाताहाडमा !!
खोज्दैन  अमुल्य गहना  र महगो साडी  यहाँ
फैलिएका तीजको विकृतिले ओझेल पर्छन ,आदर्श नारी !!

दुई चार ओटा देखावटी ,
सुधार गर्दै जादा, निर्जला व्रत बस्न होइन यहाँ
शान्ति मिल्छ ,माइतमा दर खादा !!
कसैको करले होइन भोकै बस्ने ,

बुज्छन अहिलेका नारी
देखावटी नगर्दै ,शुभ शान्ति
सन्देश छाउने, तीजको रातो सारी !!
बौद्धिक बर्गको नि चासो बढने नारी सौन्दर्यको,
आत्मियताको पर्वकाृ स्वीकार गर्दै
जगेर्ना गर्न  तीजको मौलिक सस्कृति ….

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।