शुक्रबार, बैशाख १४, २०८१

नागरिकको जिवन रक्षाको सवालमा सरकारले हदैसम्मको लापरवाही गरेको काँग्रेसको आरोप

न सत्ता मागेका छन् न भत्ता । अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?

काठमाडौ साउन २३,

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बढ्दो कोभिड सङ्क्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्दै जनताको जीवन रक्षा गर्ने जिम्मेवारी बोध र शासकीय क्षमता प्रदर्शन गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी विज्ञप्तिमार्फत प्रवक्ता शर्माले विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका बताउँदै सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकार गरेको सम्झौता पालना गर्न सरकारको ध्यानाकर्षण सहित अनशनमा बसेको २० दिन पूरा भइसक्दा पनि ठोस संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु नागरिकको जिवन रक्षाको सवालमा सरकारको हदैसम्मको लापरवाही भएको जिकिर गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा कोभिड १९को विरुद्धको सङ्घर्षमा युद्धस्तरमा कार्य गर्न काँग्रेसले शुरुआतदेखि नै सरकारलाइ विभिन्न सुझाव दिनुको अलावा स्वास्थ्य सामग्री व्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारवाही, समुदायस्तरमा व्यापक पिसिआर परीक्षण, मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यवस्था, विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई निःशुल्क उद्धार, सीमानाकामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराउदै आएको स्मरण सहित ती माग पुनःदोहो¥याउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।