मङ्लबार, बैशाख ११, २०८१

थप ८९९ जना कोभिड संक्रमितको पहिचान , ४ वर्षीया बालिका सहित ७ को मृत्यु

काठमाडौं भाद्र १५,

सोमबार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १२९ जनामा पिसिआर परीक्षणको क्रममा काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना गरि २९८ सहित थप ८९९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ, आज पहिचान भएका संक्रमित मध्ये ५९६ पुरुष र ३०३ जना महिला रहेको जनाउदै स्वास्थ्य मन्त्रालयले नेपालमा कुल कोभिड संक्रमितको सख्या ३९ हजार ४६० जना पुगेको जानकारी दिएको छ ।

 त्यस्तै  मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसअघि पहिचान भएका संक्रमित मध्ये १३२ जना आईसियू र १६ जनाको भेन्टिलेटरमा उपचार भैरहेकाृ जनाउदै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको निधन भएसंगै हालसम्म निधन हुनेको सख्या २२८ पुगेको जनाएको छ । मृत्यु हुनेमा ४ पुरुष र २ महिला र एक ४ वर्षीया बालिका रहेको  जनाउदै  मन्त्रालयले मृतकहरु महोत्तरीकी चार वर्षीया बालिका, रुपन्देशी र गोरखाका एक एक जना महिला छन् । त्यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका १/१   जना पुरुष रहेको जनाएको छ ।

त्यस्तै गरि क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३३७ रहेको छ भने सक्रिय संक्रमितको १७ हजार ८२२ जना रहेको छ । यसमध्ये ७ हजार १२१ जना होम आइसोलेसनमा रहेको जानकारी दिईएको छ । त्यस्तै ५ सय ८८ जना संक्रमित डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या २१ हजार ४ सय १० पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।