शुक्रबार, चैत्र १६, २०८०

थप ८८५ जना कोभिड संक्रमितको पहिचान, उपत्यकामा ३०१ जना , ११ को मृत्यु

काठमाडौ भाद्र १० ,

बुधबार देशका विभिन्न प्रयो,शालामा १३ हजार २५३ जनाको पिसिआर परीक्षणको क्रममा काठमाडौंका २३०, ललितपुरका ४७ र भक्तपुरका २४ गरि ३०१ जना सहित थप ८८५ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वासथ्य मन्त्रालयले जनाएको छ । आज संक्रमण पहिचन भएका मध्ये ५८६ पुरुष र २९९ महिला रहेको मन्त्रालयले जनाउदै योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको जनाएकोछ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित मिठिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८३२ जना रहेकाृ र सक्रिय संक्रमित सख्या १४ हजार ७३९ मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार २८ जना रहेको जानकारीदिनु भएकोछ ।

त्यस्तै उहाँले पछिल्लो २४ घण्टामा १४७ जना संक्रमित कोभिड मुक्त हुँदै डिस्चाज भएसंगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको बताउदै गत २४ घण्टामा देशभर संक्रमणका कारण थप ११ जनाको मृत्यु भएसंगै देशभर मृतकको कुल संख्या १७५ पुगेको बताउनुभयो । मृत्यु हुनेमा क्रमस  काठमाडौंका ५४ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ की ५३ वर्षीया महिला मोरङकी ४६ वर्षीया महिला त्यस्तै कैलालीका दुई, महोत्तरीका ३ र बाराका २ जना पुरूष रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।