शनिबार, बैशाख ८, २०८१

थप ४६८ जनामा कोभिड सङ्क्रमण, ३ को मृत्यु

काठमाडौ साउन ३१,

गत २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जना गरि ९८ जना सहित थप ४६८ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक गरी ३ जनाको संक्रमणका कारण मृत्यु भएसंगै मृतकको सङ्ख्या १०२ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेको मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

साथै मन्त्रालयले हालसम्म ५ लाख पाँच हजार ६६० जनाको पिसीआर परीक्षण गरिएको जानकारी दिदै १७ हजार २०१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।