बिहिबार, बैशाख १३, २०८१

काठमाडौं सहित ९ जिल्लामा सक्रिय संक्रमितको सख्या बढ्दो , ८ को मृत्यु

थप १ हजार १११ जना कोभिड संक्रमितको पहिचान

काठमाडौं भाद्र ११, 

बिहीबार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ६२९ कोभिड परीक्षण्को क्रममा थप १ हजार १११ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार संक्रमित मध्ये ७७७ पुरुष र ३३४ महिला रहेको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाधेको छ ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जनासहित ३७७ जना रहेको मन्त्रालयका प्रवक्ता डा। जोगेश्वर गौतमले जानकारी दिनुभयो ।

साथै उहााले देशभर क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ६३ जना रहेको त्यस्तै १५ हजार २७३ जना सक्रिय संक्रमित मध्ये ६ हजार २१० जना होम आइसोलेसनमा रहेको बताउदै पछिल्लो २४ घण्टामा ५७९ जना कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको जानकारी दिनुभयो ।

त्यस्तै गरि प्रवक्ता डा गौतमले १७ जनाको भेन्टिलेटर उपचार हुँदै गरेको जानकारी दिदै पछिल्लो प्राप्त डेटा अनुसार ललितपुर र काठमाडौं सहित ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको र यसरी सक्रिय संक्रमित पहिचान भएका जिल्लामा क्रमस मोरङ, धनुषा, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी रहेका बताउनुभयो । साथै पछिल्लो समय ८ जनाको संक्रमणका कारण मृत्युभएसंगै देशभर १ सय ८३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।