बुधबार, बैशाख १२, २०८१

टोखा नपा गणेशस्थानस्थित नवज्योती मार्गमा वीभत्स शब भेटियो, सुटकेशमा शव र जेब्रा झोलाभित्र टाउको

काठमाडौं २५ साउन, 
काठमाडौं, टोखा नगरपालिका १० गणेशस्थानस्थित नवज्योती मार्गको किनारमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शव आइतबार बिहान फेला परेको छ ।

धारिलो हतियार प्रहार गरी टुक्रा पारेर कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा जेब्रा झोलाभित्र छुट्टाछुट्टै दुई ठाउँमा राखेको अवस्थामा ती पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेसंगै काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेर थप अनुसन्धान शुरु गरिएको जनाएको छ । यसअघि प्रहरीले शव सनाखत नहुँदा प्रहरीले तस्वीर सार्वजनिक गरी सूचना दिन अपील गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।