मङ्लबार, बैशाख ११, २०८१

जारी बन्दाबन्दीदेखि निषेधाज्ञाका कारण प्रताडित जनताको समस्या प्रति सरकारको ध्यानाकर्षण

जारी निषेधाज्ञाको समयमा भ्रष्टाचार, सत्ताद्वन्द र प्रधानमन्त्रीका हलुका टिप्पणी आउने क्रम पनि निषेध होस

काठमाडौ भाद्र ४,
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बढ्दो कोभिड संक्रमण विरुद्ध बन्दाबन्दी या निषेधाज्ञा आफैमा समाधान नभएको ठहर विगतको १२० दिन लामो बन्दाबन्दीले गरिसकेको र यो केवल रक्षात्मक रणनीति मात्रै भएको उल्लेख गर्दै काँंग्रेसले कोभिड विरुद्धको संघर्षलाई चुस्त बनाउन र देशका विभिन्न भागमा जारी बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रताडित जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकश शर्माले आज ५ बुँदे विज्ञप्तिा जारी गर्दै बढ्दो संक्रमणका कारण देशको राजधानी काठमाडौं उपत्यका लगायत देशका आधाभन्दा बढी भू–भागमा बन्दाबन्दीदेखि निषेधाज्ञासम्म जारी रहेका कारण समग्र जन जीवनलाई कष्टकर बन्ने तर्फ सचेत गराउदै निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतलाई हातमुख जोर्न आइ पर्न सक्ने सङ्कट सम्बोधनको लागि समयमै आवश्यक योजना निर्माण गर्न ती सबै बर्ग र समुदायका तर्फबाट सरकारको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै विज्ञप्तिमा उहाँले जारी निषेधाज्ञाको समयमा भ्रष्टाचार, सत्ताद्वन्द र प्रधानमन्त्रीका हलुका टिप्पणी आउने क्रम पनि निषेध होस भन्दै काँग्रेस सरकारमा सँगै नरहेर पनि सङ्कटमा संगै लड्न सकिन्छ भन्ने मान्यता पुनः दोहो¥याउंदै काँग्रेसले कोभिड विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपिल गर्दै विद्यमान संकटको घडीमा विगतमा भए गरेका कमजोरी र गल्तिहरुबाट पाठ सिकेर युद्धस्तरमासरकारले अधिकतम क्षमता अब सरकारले प्रस्तुत गर्नुपर्ने सुझाव समेत दिएको छ ।

त्यस्तै विज्ञप्तिमा काँग्रेसले प्रतिकुल वातावरणबीच फ्रन्ट लाइनमा काम गरिरहेका स्वास्थकर्मीदेखि सफाइकर्मीसम्म अनि सुरक्षा ब्यवस्थापन सम्हालिरहेका सुरक्षाकर्मीदेखि सूचना सम्प्रेषण गरिरहेका सञ्चारकर्मीसम्मलाई उच्च सम्मान गर्दै आवश्यक भौतिक सामग्रीदेखि मनोवैज्ञानिक सहजतासम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगरी कार्य गर्न सरकारलाई अपील र आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।