शुक्रबार, बैशाख ७, २०८१

जारी जोरबिजोर प्रणालीको अवज्ञा गर्ने ५ हजार ३सय सवारी साधनलाई कारबाही

  • ७ हजार ६०० सवारी साधन र १९ हजार ४०० यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता

  • मास्कको समेत प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा

काठमाडौ साउन २६ ,

गुह मन्त्रालयले बढ्दो कोभिड संक्रमणको उच्च रफ्तारसंगै अनुमति विना काठमाडौ उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६०० सवारी साधन र १९ हजार ४०० यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता, सहसचिव चक्रबहादुर बुढाले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा त्यस्तै तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करीब एक लाख ३७ हजार दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई होल्ड गर्नाका साथै जोरबिजोर प्रणाली नमान्ने ५ हजार ३०० सवारी साधनलाई कारबाही गरिएको उल्लेख गरिएको  छ ।

त्यस्तै विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड अन्र्तगत मास्कको समेत प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिदै आवश्यकता अनुरुप सम्झाइ बुझाइ संगै पटकपटक गरिएको आग्रहको अवज्ञा गर्ने व्यक्तिलाइ कारवाही गर्दै जरिवाना समेत गरिएको जनाउदै यातायातमा जोरबिजोर प्रणालीको पालना गर्ने, अनिवार्यरूपमा माक्सको प्रयोग गर्नेलगायत निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सबैलाई निर्देशनसमेत दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु