बिहिबार, बैशाख ६, २०८१

जङ्गी अड्डामा कार्यरत सैनिकद्वारा आत्महत्या

काठमाडौ भाद्र १४,
राजधानीको भद्रकाीस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् ।

तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्री नामका ति सैनिक जवानले आज विहान आत्महत्या गरेको जनाउदै महानगरीय प्रहरी परिसर काठमाडौले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जनाएको छ ।

त्यस्तै घटनाको विषयमा उनका आफन्तलाई खबर गरिसकिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।