बुधबार, बैशाख १२, २०८१

गम्भीर अवस्थाका कोभिड संक्रमितका लागि प्रयोग गरिने रेमडिसिभिर इन्जेक्शन आयात गर्न अनुमति

काठमाडौ साउन ३१,

अन्तत क्लिनिकल ट्रायलका लागि भन्दै औषधि व्यवस्था विभागले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पत्रका आधारमा कोभिड – १९ संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि आपतकालीन प्रयोग गरिने औषधि ‘रेमडिसिभिर’इन्जेक्शन आयात गर्न अनुमति दिएको छ ।

भारतको औषधि कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर इन्जेक्शन मात्रै आयात गर्न सकिने निर्णय सहित रेमडिसिभिर आयात गर्न आयातकर्ताहरुलाई अनुमति दिएको विभागको महानिर्देशक नारायण ढकालले जानकारी दिनुभएको छ।

त्यस्तै महानिर्देशक ढकालले परिषद्को पत्र पाएलगत्ते लगत्तै हामीले आजै निर्णय गर्दै औषधि आयातका लागि आयातकर्ताहरुलाई आग्रह सहित अनुमति पत्र उपलव्ध गराईसकेको बताए ।

यसअघि रेमडिसिभिर इन्जेक्शन आयातको लागि लाई विभागले अनुमति नदिदा नेपालमा भारतीय सिमा क्षेत्रबाट कालाबजारीमा महंगो मूल्य तिरेर सर्वसाधारणले कोभिड संक्रमित आफ्ना गम्भीर अवस्थाका विरामी आफन्तलागि प्रयोग गर्दै आइरहेको अवस्था थियो । तर विभागको स्वीकृतिसंगै अव रेमडिसिभिर सहजरुपमा परलमुल्य सहित औषधि आयातकर्ता मार्फत नेपाल भित्रिने भएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।