बिहिबार, बैशाख १३, २०८१

कोभिड सङ्क्रमण रोक्न उपत्यकामा थप कडाइका साथ साताव्यापी निषेधाज्ञा जारी गरिँदै

काठमाडौ भाद्र २ ,

उपत्यका लगायत देशभर कोभिड संक्रमणको बढ्दो उच्च जोखिमसंग उपत्यकामा जोखिम रोक्न यसअघि अत्यावश्यक बाहेकका सवै सेवा स्थगन गरेका काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले यसअघि भएका निर्णय र लागू गरिएको स्वास्थ्य मापदण्डको कार्यान्वयनमा थप कडाइ गर्ने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडाले बढ्दो कोभिड १९ को जोखिम नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० अनुसार जारी भएका आदेशका रुपमा व्याख्या गर्दै ती सबैको कार्यान्वयनको जिम्मा प्रमुख जिल्ला अधिकारीहरुलाई दिने निर्णय सार्वजनिक गरेसंगै काठमाडौं उपत्यकामा बुधवार मध्यरात्रीबाट निषेधाज्ञा जारी हुने विभिन्न अड्कलवाजी सहितका समाचार प्रकाशित भएपनि यस सम्बन्ध्मा औपचारिक निर्णय भइनसकेको सम्बन्धीत जिल्ला प्रशासनका अधिकारीहरुले   बताएका छन ।

त्यस्तै प्रस्तुत प्रसंगमा उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखले छलफल जारी रहेको र कुनै नितिगत निर्णय नभएको जनाउ दिदै ती अधिकारीहरुले थप निर्णय आउन बाँकी रहेको बताएका छन । यसअघि प्रशासनले आगामी भाद्र १५ गतेसम्मका लागि भीडभाड हुने कुनैपनि किसिमका गतिविधि जस्तै जात्रा, महोत्व सञ्चालन गर्न, दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक गतिविधि, उद्योग व्यापार व्यवसाय र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद लगायतका यावत क्रियाकलापमाथि रोक लगाइसकेका छन ।

यद्यपी प्रशासन सम्बन्ध उच्च स्रोतका काठमाडौं उपत्यकामा बुधबारबाट भाद्र १० गतेसम्म निषेधाज्ञा लागू गर्ने सवालमा नितिगत सहमति भएको बुझिएको छ ।  उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु संयुक्त आज साँझ अवेर सम्म जारी बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि साताव्यापी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताईएपनि औपचारिक जानकारी सार्वजनिक भने गरिएको छैन । त्यस्तै यसवीचमा अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।