शनिबार, बैशाख ८, २०८१

कोभिड सङ्क्रमण न्यूनीकरणका लागि कञ्चनपुरमा पनि निषेधाज्ञा

काठमाडौं भाद्र ४ ,
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बढ्दो कोभिड सङ्क्रमण न्यूनीकरणका लागि आज मध्यरात १२ बजेदेखि भाद्र १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने भएकोछ ।

कञ्चनपुरमा हालसम्म ६०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ५८५ जना निको भइसकेको अवस्था छ । तर यसवीचमा मनाइने तीज र गौरा पर्वको क्रममा संक्रमण बढ्न सक्ने ठहर सहित कञ्चनपुर प्रशासनले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

सङ्क्रामक रोग र स्थानीय प्रशासन ऐनअनुसार लागु गरिएको निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । त्यस्तै जारी सूचनामा जारी निषेधाज्ञाको वर्खिलापका कनै पनि क्रियाकलाप भए गरेमा कडा कारवाही गरिने उल्लेख गरिउको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।