शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमणको इपिसेन्टर रौतहट जिल्लाभर निषेधाज्ञा जारी

काठमाडौ साउन २१,

पछिल्लो समय देशैभर कोभिड संक्रमितको संख्या उच्च रफ्तारमा बढ्दै गएपछि कोभिड संक्रमणको इपिसेन्टर मानिएको प्रदेश न २ को रौतहटमा साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज जारी सूचनामा देखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको र यसवीचमा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ ।

त्यस्तै जारी निषेधाज्ञाको वर्खिलापका कामकारवाही गरे संक्रामक रोग ऐन २ण्२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप कडा कारवाही गरिने उल्लेख गरिएको छ।

भारत लगायतका अन्य मुलुकबाट नेपालमा हुने सबै प्रकारको आवगमनलाई रोक लगाएको र सीमा नाकाहरु पूर्ण रुपमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्दारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै जारी त्यस्तै जारी निषेधाज्ञाको वर्खिलापका कामकारवाही गरे संक्रामक ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप कडा कारवाही गरिने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।