शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमणका कारण नवलपरासी काग्रेसका उपसभापति गिरिको मृत्यु

काठमाडौ भाद्र २,
कोभिड १९को संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापतिको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गएराति ३८ वर्षीय उपसभापति सुवाशचन्द्र गिरिको मृत्यु भएको हो ।प्रादेशिक अस्पताल भैरहवामा २८ साउनमा कोरोना पुष्टि भएपछि उनी पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।

बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।