शनिबार, बैशाख ८, २०८१

कोभिड पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड खर्च

काठमाडौं भाद्र ५ ,

स्वास्थय मन्त्रालयको शुक्रबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोभिड पीसीआर परीक्षणका लागि सरकारले हालसम्म रु ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको जानकारी दिनु भएको छ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा ज गौतमले सोहि अनुरुप देशभर ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिनुभएको हो ।

त्यस्तै उहाँले १ कोभिड पोजेटिभ पहिचानका लागि रु १ लाख चार हजार खर्च हुने गरेको जनाउ दिनुको अलावा १ जना सङ्क्रमितलाई अति सघन कक्षमा राखि उपचार गर्नुपरेमा ३० दिनमा चार लाख ५० हजार खर्च हुने जानकारी दिदै कोभिड संक्रमणबाट जोगिन आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।