शनिबार, बैशाख ८, २०८१

कोभिडको बढ्दो जोखिमलाइ दृष्टिगत गर्दै महानगरको वडा न.१४ लाइ गरियो सिल

काठमाडौं साउन ३१ ,

कोभिड संक्रमणको जोखिम दिनानुदिन उच्च हुँदै समुदायस्तरमा संक्रमण फैलिने थालेको आशंका सहित स्थानीय तहले सम्पादन गर्दै आएको सेवा प्रवाह कटौती गर्नुको अलावा सीमा क्षेत्र समेत सिल गर्न थालेका छन । यसैक्रममा काठमाडौं महानगरपालिकाको वडा न १४ ले आफ्नो वडा क्षेत्रमा ४२ जना कोभिड सङ्क्रमितको पहिचान भएसंगै वडा र आसपासका क्षेत्रमा आइपर्ने सम्भावित जोखिम र चुनौतीलाइ दृष्टिगत सहित सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ ।

त्यस्तै वडा कार्यालयले वडा क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिनुको अलावा भीडभाड कम गर्न ,बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न सकुर्लर जारी गरेको छ । वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य तत्कालालइ स्थगन गर्दै आगामी भाद्र १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ ।

साथै अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्ममात्र सेवा प्रवाह गर्न सेवाप्रदायक संस्थालाई निर्देशन दिईएको छ ।  साथै टोलमा सरसफाइ, सहितको सचेतना अभिवृद्धिका लागि माइकिङ गर्दै स्थानीय उपभोक्ता समिति, विभिन्न क्लब, सामाजिक सङ्घसंस्था, समूहका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरी सम्बन्धित क्षेत्रमा अनुगमनलाइ समेत तिव्रता दिईएको  जानकारी दिईएकोछ ।  वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।