मङ्लबार, बैशाख ११, २०८१

कोभिडको कहर :  देशका विभिन्न जिल्ला र स्थानीय तहमा कहिंँ बन्दाबन्दी त कहिंँ निषेधाज्ञा

काठमाडौं भाद्र ६ ,

बढ्दो कोभिड १९ को जोखिमसंगै  पछिल्लो समय  काठमाडौं उपत्यका लगायत  देशका विभिन्न भागमा बन्दाबन्दी निषेधाज्ञा जारी गरिएको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा शुक्रवार मध्यरात्रीबाट आगामी भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयद्दारा जारी सूचनामा विराटनगर महानगरपालिकाको १९ वटै वडा, बुढीगङ्गा गाउँपालिको १,२,३ र ४, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ तथा रङ्गेली नगरपालिकाको ४,५,६ र ७ वडामा लागू हुने उल्लेख गरिएकोछ ।

त्यस्तै समुदायस्तरमा कोभिड संक्रमण फैलिएको निष्कर्ष सहित झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि जारी निषेधाज्ञा लाइ थप एक साताका लागि शुक्रवार मध्यरात्रीबाट जिल्लाभर जारी गरेको छ । त्यस्तै कोभिड सङ्क्रमण बढ्न नदिन रामेछाप जिल्लामा बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु