बिहिबार, बैशाख ६, २०८१

काठमाडौं उपत्यकामा ३ सय ७७ जना संक्रमितको पहिचान

काठमाडौं भाद्र ११ ,

पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोभिड संक्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर १ हजार १ सय ११ जनामा कोभिड संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यसअघि गत भाद्र २ गते सबैभन्दा बढी १ हजार १६ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमार्डौ उपत्यकामा ३ सय ७७ जना संक्रमित थपिएका छन । यसमध्ये काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।