बिहिबार, बैशाख १३, २०८१

काठमाडौं उपत्यकामा दिनानुदिन बढ्दै संक्रमित, आजमात्रै थपिए ६२ जना संक्रमित

काठमाडौ साउन २१,

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ३ सय ५९ जनाको मात्र पीसीआर परीक्षणका क्रममा ३ सय ८१ जना नयाँ कोभिड संक्रिमतको पहिचान भएसंगै कूल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  आज पहिचान भएका संक्रमितमा काठमाडौं उपत्यकाका अन्र्तगत काठमाडौंमा ५७ तथा ललितपुरका ५ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले उपचार पछि १ सय ३० जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको हुनेको सख्या १५ हजार १ सय ५६ पुगेको जनाएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ भने ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।