बिहिबार, चैत्र १५, २०८०

औषधिको मुख्य बजार क्षत्रपाटीमा राज्यद्दारा जारी निर्देशनको गुण्डा शैलीमा अवज्ञा

औषधिका थोक व्यवसायी वृतमा उर्दि सहितको पम्प्लेट आतंक, PDAN  र NCDA वीच अस्तित्वको लडाइ, व्यवसायीवृत यता न उता,  उपभोक्ता भने मारमा

काठमाडौं भाद्र १५ ,

उपत्यकामा कोभिड संक्रमणको बढ्दो जोखिमको रफ्तारसंगै राजधानीको क्षत्रपाटीस्थित औषधिको मुख्य बजारमा राज्यद्दारा जारी निर्देशनको खुला अवज्ञा भएको छ ।  राज्यले संक्रमण बढेसंग उपत्यकामा जारी गरेको निषेधाज्ञाको सूचनामा औषधि लाइ अत्यावश्यक  सेवामा वर्गिकृत गर्दै २४ घण्टा औषधि र औषधि जन्य समाग्रीको पसल निर्वादरुपमा खुला गर्दै जनताको औषधि प्राप्तिको मौलिक अधिकारलाइ सहज बनाउन जारी गरेको सूचनाको औषधि जगत सम्वद्ध औषधि व्यवसायी संघका महासचिव समेत रहेका रामचन्द्र शर्माको निर्देशनमा स्थानीय संस्थाका व्यक्ति विशेषले अवज्ञा गर्दै स्थानीय क्षेत्रमा सञ्चालित औषधिका थोक व्यवसायी वृतमा उर्दि सहितको पम्प्लेट आतंक सहित  औषधि बजार बन्द गराउने परिपञ्च  सिर्जना गरेको थाहा भएको छ ।

एकातर्फ बढ्दो कोभिड संक्रमणको जोखिम अर्को तर्फ बजारमा यत्र तत्र सर्वत्र उर्दि सहितको पम्प्लेट आतंकका कारण ९५ प्रतिशत थोक औषधिका पसलहरु बन्द हुँदा औषधिका थोक व्यवसायीहरुको साझा संस्था नेपाल औषधि थोक व्यवसायी संघ र औषधि व्यवसायी संघका अधिकारीहरुवीच संस्थात रुपमा आरोप प्रत्यारोप सहित वाक युद्ध नै शुरु भएको स्थानीय औषधि व्यवसायीहरुले बताएका छन ।

“औषधि जस्तो संवेदनशिल विषयमा खेलवाड गर्ने अराजक शैलीको चिरफार गर्नुपर्ने देखिन्छ। अन्यथा औषधि बजारमा यस्तो अराजक गुण्डा प्रवृति मौलाउदै जाने हो  भने स्थिती थप तनावग्रस्त मात्र होइन भयावहनै बन्ने प्रवल संभावना रहन्छ”

गत वर्षको चैत्र ११ गतेबाट मुलुकमा कोभिड संक्रमणका कारण जारी १२० दिने लामो बन्दाबन्दीसंगै तमाम थोक औषधि व्यवसायीको हकाधिकार संगै यावत विषयगत एजेन्दामा सहजीकरण गर्दै क्रियाशील औषधिका थोक व्यवसायी सम्वद्ध  संस्थाको बढ्दो लोकप्रियताबाट अत्तालिएका स्थानीय क्षेत्रमानै मुख्यालय रहेको औषधि व्यवसायी संघवीच जेलिएको अस्तित्वको लडाइको कारण व्यवसायी वृतमा गुटगत अवधारणा मौलाउदै आएको दावी समेत ती व्यवसायीको रहेको छ ।

एक विश्वस्त समाचार स्रोतका अनुसार मृगेन्द् मेहेर श्रेष्ठ अध्यक्ष र रामचन्द्र शर्मा महासचिव रहेको औषधि व्यवसायी संघले शिवराज वास्कोटा र गणेश नेपाल महासचिव रहेको औषधि थोक व्यवसायी संघको बजारमा देखिएको  प्रभाव समाप्त पार्नकै लागि यस अघिपनि व्यवसायी वृतमा अनेकन वर्गिय प्रोपोगण्डा गर्दै आएको बुझिएको छ ।

यदि त्यसो होइन भने महामारकिो समयमा आफु पनि बचौं र अरुलाइ पनि बचाउँ भन्ने मुल अभिष्टलाइ आत्मासात गर्दै राज्यद्दार जारी सनर्देशनको पालना गर्दै सेवा भाव सहित कार्य सम्पादन हुनु पर्ने हो । तर यसको ठिक विपरित स्थानीय वडा समिति र संस्थाको हवाला दिदै  राज्यको निर्देशनको ठाडो अवज्ञा सहित साताको ३ दिन आइतबार, मंगलबार र बिहिबार मात्रै पसल खोल्न उर्दि जारी गर्दै संघका अध्यक्ष लगायत उपल्लो अधिकारीको नियोजित निर्देशनमा स्वयम औषधि व्यवसायी संघका महासचिव शर्मा स्वयम बजार बन्द गराउन अघि सर्दै आएको दावी थोक औषधि व्यवसायी संघका महासचिव नेपालको रहेको छ । यस विषयमा थप जानकारी लिनका लागि औषधि व्यवसायी संघका महासचिव शर्माको मोवाइल नम्वर ९८५१० २७०२० पटक-पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन ।

यद्यपी जो जसले जुन निहित स्वार्थका लागि सरकारले अत्यावश्यक बस्तु र सेवाको सूचीमा राखेको औषधि पसल नै बन्द गराउने सम्मको बदनियत एवम् उर्दि सहितको पम्प्लेट आतंक सिर्जना गरेको  हो त्यसको गहन छानविन सहित नियमक निकाय लगायतका अन्य सरोकारवाला निकायले औषधि जस्तो संवेदनशिल विषयमा खेलवाड गर्ने अराजक शैलीको चिरफार गर्नुपर्ने देखिन्छ ।  अन्यथा औषधि बजारमा यस्तो अराजक  गुण्डा प्रवृति मौलाउदै जाने हो  भने स्थिती थप तनावग्रस्त मात्र होइन भयावहनै बन्ने प्रवल संभावना रहन्छ।

कुनै व्यक्ति वा अदृष्य शक्तिलाइ खुसी बनाउन संस्थागत आवरणमा भएको अराजक हरकत विरुद्ध पिडानका महासचिव नेपालले हामीसंगको साक्षात्कारमा भने – आफूहरु २४ सैँ घण्टा सेवा दिन तयार रहेको र फेरि पनि यस्ता हरकत नहोस भन्दै निहित स्वार्थमा रुमलिएका वर्गिय तर सामान्त चिन्तनका अतिवादीविरुद्ध आफूहरुले नियमक निकाय नेपाल औषधि व्यवस्था विभाग, सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा कारबाहीका लागि जानकारी गराई सकिएको बताए । त्यस्तै प्रशासनको उच्च स्रोतले पनि राज्यको निर्देशनको वर्खिलापका काम कारवाहीमा संग्लग्न आरोपी उपर गहन अनुसन्धान सहितको छानविन हुने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।