मङ्लबार, बैशाख ४, २०८१

उपत्यकामा ४ सय २९ सहित आज १ हजार २२१ जना कोभिड संक्रमित थपिए

१४४ जना आईसियू र १७ जनाको भेन्टिलेटरमा उपचार हुँदै, पछिल्लो २४ घन्टामा थप १४ जनाको मृत्यु ,मृतकको सख्या २ सय २१ पुग्यो

काठमाडौ भाद्र १४,
नेपालमा थप १ हजार २ सय २१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७ पीसीआर परीक्षणको क्रममा ६ सय ४२ पुरुष र २ सय ४२ महिला गरि १२२१ जनामा संक्रमण पुष्टि भएको जनाउदै स्वास्थ्य मन्त्रालयले आज पुष्टि भएको संक्रमित संगै कुल संक्रमितको संख्या ३८ हजार नाधेको जनाएको छ ।

त्यस्तै आज संक्रमित पहिचान भएका संक्रमित मध्ये काठमाडौंमा ३ सय ७२, भक्तपुरका ३४ र ललितपुरका १२ जना संक्रमित रहेको जनाउदै मन्त्रालयले काठमाडौं उपत्यकाका थप ४ सय २९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

त्यस्तै हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७९७ जना रहेको छ भने १७ हजार ५१८ जना सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा ६ हजार ९०६ रहेको मन्त्रालयले जनाएको छ भने १४४ जना आईसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रमित कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा थप १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष छन् । मृतकहरु सुनसरी, बारा, महोत्तरी र काठमाडौका एक- एक जना महिला छन् । त्यस्तै महोत्तरी र रुपन्देहीका दुई – दुई जना, सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका एक-एक जना पुरुषको मृत्यु भएको छ । योसँगै कोभिडबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।