बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा २९८ नयाँ संक्रमित थपिए ,१३२ जना आईसियू र १६ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं भाद्र १५,

सोमबार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १२९ जनामा पिसिआर परीक्षणको क्रममा काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना गरि २९८ सहित थप ८९९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ, आज पहिचान भएका संक्रमित मध्ये ५९६ पुरुष र ३०३ जना महिला रहेको जनाउदै स्वास्थ्य मन्त्रालयले नेपालमा कुल कोभिड संक्रमितको सख्या ३९ हजार ४६० जना पुगेको जानकारी दिएको छ ।

त्यस्तै ५ सय ८८ जना संक्रमित डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या २१ हजार ४ सय १० पुगेको जनाएको छ ।

त्यस्तै १३२ जना आईसियू र १६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको जनाएको छ भनने संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको निधन भएसंगै हालसम्म निधन हुनेको सख्या २२८ पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।