बुधबार, बैशाख १२, २०८१

उपत्यकामा रफ्तारमा बढ्दै कोभिड संक्रमित, आजमात्रै ९८ जना संक्रमित थपिए

काठमाडौ साउन ३१,
काठमाडौं उपत्यकामा कोभिड संक्रमितको सख्या थपिने क्रम रफ्तारमा बढ्दो रहेको छ । पछिल्लो २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा आज मात्र काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जना गरि उपत्यकामा ९८ जना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ भने १७ हजार २०१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।