शनिबार, बैशाख ८, २०८१

उपत्यकामा थप ३०१ जना कोभिड संक्रमित थपियो

काठमाडौ भाद्र १० ,

बुधबार देशका विभिन्न प्रयोगशालामा १३ हजार २५३ जनाको पिसिआर परीक्षणको क्रममा थप ८८५ जनामा कोभिड संक्रमितको पहिचान भएको छ । यसरी पहिचान भएका संक्रमित मध्ये काठमाडौंका २३०, ललितपुरका ४७ र भक्तपुरका २४ गरि ३०१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज संक्रमण पहिचन भएका मध्ये ५८६ पुरुष र २९९ महिला रहेको मन्त्रालयले जनाउदै योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले संक्रमणका कारण देशभर थप ११ जनाको मृत्यु भएसंगै देशभर मृतकको कुल संख्या १७५ पुगेकोर पछिल्लो २४ घण्टामा १४७ जना संक्रमित कोभिड मुक्त हुँदै डिस्चाज भएसंगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको जानकारी दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।