बुधबार, बैशाख १२, २०८१

उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बियो [सूचना सहित]

काठमाडौं भाद्र १०,

काठमाडौं उपत्यकामा बढेदो कोभिड जोखिमसंगै जारी निषेधाज्ञा थप एक सिाताकको लागि थप गरिएकोछ । यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठकले भाद्र १० गतेसम्म जारी गरेको निषेधा आदेशलाइ थप एक साता लम्ब्याउने निर्णय गरेको हो । प्रस्तुत निर्णयसंगै उपत्यकामा भाद्र १७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय सञ्चालनमा रोक लागेको छ। गत भाद्र ३ गते मध्यरातदेखि जारी निषेधाज्ञा आज मध्यराति सकिँदै छ ।

उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठकले निषेधाज्ञा जारी गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको दाबी सहित २० बुँदे सूचना जारी गर्दै थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । मंगलबारसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ ।

त्यस्तै निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू ९:१५ बजे सम्म खुला रहनेछ । त्यस पछिका समयमा कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गरिने भएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।