बुधबार, बैशाख १२, २०८१

उपत्यकामा कोभिड संक्रमितको रफ्तार बढ्दो ,आज पनि ६२ जना संक्रमित थपिए

काठमाडौ साउन २४,

काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । आज थपिएका नयाँ संक्रमित मध्ये काठमाडौमा ५६, ललितपुर ३ र भक्तपुरमा ३ जना गरि ६२ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रवार सबैभन्दा बढी १०६ जनामा सङ्क्रमितको पहिचान भएको काठमाडौ उपत्यकामा पछिल्लो समय रफ्तारमा  सङ्क्रमितको पहिचान हुने क्रम बढेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भएकोछ ।

त्यस्तै प्रवक्ता डा गौतमका अनुसार आज नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा सबैभन्दा बढी २९ जना ,। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडौका ४ जना, ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौंका ५ जना र ललितपुरका ३ जना त्यस्तै वीर अस्पतालमा काठमाडौका १ जना , स्टार अस्पताल–सानेपामा काठमाडौका १२ जना, बीआईडीएच ल्याबमा काठमाडौका २ जना संक्रमितको पहिचान भएको बताउनुभयो । त्यस्तै नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौका २ र भक्तपुरका ३ जना र त्रिवि शिक्षण अस्पताल–महाराजगञ्जमा काठमाडौका १ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।