बुधबार, बैशाख १२, २०८१

उपत्यकामा कोभिड संक्रमणको जोखिम दिनानुदिन उच्च हुँदै

काठमाडौं भाद्र १ ,

काठमाडौं उपत्यकामा कोभिड संक्रमणको जोखिम दिनानुदिन उच्च बन्दै गएको छ। अन्य क्षेत्रको तुलनामा उपत्यकामा बढी संक्रमित फेला पर्न थालेपछि काठमाडौमा जोखिम बढेको हो ।

आजमात्रै काठमाडौंमा १ सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएसंगै काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै काठमाडौ उपत्यकामा संक्रमितको संख्या २१ सय नाघेको छ ।

त्यस्तै कोभिड संक्रमणका कारण आज भोटाहाटिकी एक संक्रमित महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।साउन २८ गते भर्ना हुनुभएकी ५८ वर्षकी महिलाको आइसीयूमा उपचारका क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको मन्त्रालयले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।