बिहिबार, बैशाख १३, २०८१

उपत्यकाभित्रका सवै स्थानीय तहले अत्यावश्यक वाहेकका सवै सेवा भाद्र १५ सम्मका लागि बन्द गर्यो

काठमाडौ भाद्र ८ ,

काठमाडौं उपत्यका भित्र रहेका महानगरपालिका तथा नगरपालिका स्थानीय तह तथा वडा कार्यालय मार्फत दिने अत्यावश्यक वाहेकका सवै सेवा आगामी भाद्र १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यका नगरपालिका फोरमको बैठकको निर्णय अनुरुप उपत्यकामा बड्दो कोभिड संक्रमणका कारण जोखिम नियन्त्रणका सेवा बन्द गर्ने निर्णय गरेको हो । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ।

सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत काठमाडौं उपत्यका नगरपालिका फोरमका निर्णय सार्वजनिक गर्दै प्रमुख शाक्यले संघीय राजधानी समेत रहेको र अत्यन्त घनाबस्ती युक्त उपत्यकामा कोभिड संक्रमण समूदायस्तरमा फैलियो भने थप भयावह अवस्था आउन सकने निष्कर्ष सहित समयमानै यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने योजना अनुरुप यस्तो निर्णय गरिएको बताउनुभयो ।

त्यस्तै उहाँले कोभिड नियन्त्रण्का लागि व्यापक रुपमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको तयारी भइरहेको जानकारी समेत दिनुभयो । त्यस्तै उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले यसबारे थप जानकारी दिने क्रममा उपत्यका भित्र तालिका नै बनाएर कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङमा जाने निर्णय जनाउ दिनुभयो ।

साथै बैठकले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्न पनि संघीय सरकारसँग उपत्यका फोरमले गरेको जानकारी समेत दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।