बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका ८७ सहित ३६० जनामा कोभिड-१९ को संक्रमण , ५ को मृत्यु, २ सय ३३ उपचारपछि डिस्चार्ज

काठमाडौ साउन २२,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला ६ हजार ६२२ वटा पिसिआर परीक्षण गर्ने क्रममा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० गरि उपत्यकाका थप ८७ सहित ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या २१ हजार ७ सय ५० पुगेको छ । त्यस्तै आजै २ सय ३३ जना संक्रमित कोभिड मुक्त भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै देशभरका आइसोलेसनमा ६ हजार २ सय ९६ जना संक्रमित रहेका छन भने ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा रहेको जानकारििददै पछिल्लो समय हालसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैवीच आजमात्रै संक्रमणका कारण पाँच जनाको मृत्यू भएको पुष्टि गर्दै स्वास्थ्य मन्त्रालयले एकै दिन मृत्यु पुष्टि भएको यो सर्वाधिक संख्या भएको बताउदै यो संगै संक्रमणवाट ६५ पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।