शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाका ६२ जना सहित २५९ जना नयाँ संक्रमितको पहिचान

  • संक्रमणबाट जोगिन एएमएस सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह
  • श्वाब संकलनका मन्त्रालयले तोक्यो काठमाडौं उपत्यकाका १४ अस्पताल

काठमाडौ साउन २०,
उपत्यकाका ६२ जना सहित २५९ जना नयाँ संक्रमितको पहिचान भएसंगै नेपालमा कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै मन्त्रालयले ६५ जना कोभिड संक्रमण मुक्त भइ डिस्चार्जभएसंगै डिस्चार्ज हुनेका सख्या १५ हजार २६ पुगेको जनाएको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको र १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका जानकारीदिएको छ।

मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको मृत्यु भएको र मृतकको मधुमेह तथा उच्च रक्तचापका उपचारका क्रममा निधन भएको जनाउदै  मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले  संक्रमणका कारण मृत्यु वरण गर्नेको सख्या ५८   पुगेको जानकारी  दिदै संक्रमणबाट जोगिने एकमात्र उपाय एएमएस सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।

यसैवीच मन्त्रालयले कोभिड परीषणको श्वाब संकलन गर्न काठमाडौं उपत्यकाका १४ अस्पताल तोकेको छ ।मन्त्रालयले आज जारी विज्ञिप्ति जारी गर्दै श्वाब संकलन गर्न ११ सरकारी र ३ निजी अस्पताल तोकेको जनाएको हो ।

त्यस्तै विज्ञप्तिमा उल्ल्ृख भएअनुसार सरकारी अस्पतालतर्फ वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, सिभिल, विरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी, भक्तपुर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुती गृह र नेपाल कोरियामैन्त्री अस्पताल र निजीतर्फ ह्याम्स, स्टार र काठमाडौ मेडिकल कलेज रहेको जनाएकोछ । साथै जारी विज्ञप्तिमा शंकास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिले अस्पतालमा श्वाव संकलन गर्न सक्ने जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।