बुधबार, बैशाख १२, २०८१

उपत्यकाका २ जना सहित कोभिड संक्रमणका कारण थप ४ को मृत्यु

काठमाडौं भाद्र १४ ,

कोभिड संक्रमणका कारण नेपाल थप ४ जनाको मृत्यु भएको छ । संक्रमणबाट भक्तपुर, पर्सा र सप्तरी र ललितपुर महानगरपालिकाका २९ वर्षिय पुरुष गरि ४ जनाको को जनाको मृत्यु भएको हो ।

मधुमेहका समेत बिरामी रहेका नारायणी अस्थायी गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो भने सप्तरीमा राजविराज नगरपालिका वडा नम्बर दुई निवासी ६५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो ।

त्यस्तै भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको जानकारी प्राप्त भएकोछ भने साउन २८ गतेदेखि पाटन हस्पिटलमा उपचार गराई रहेका ललितपुर महानगरपालिकाका २९ वर्षिय पुरुषको गतराति १० बजे मृत्यू भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।