बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका २३२ सहित थप ८५५ जनामा कोभिड संक्रमण , थप ७ जनाको मृत्यु

काठमाडौं भाद्र ९,
देशका विभिन्न प्रयोगशालामा ११ हजार ३२७ जनामा पिसिआर परीक्षणको क्रममा थप ८५५ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायले जनाएको छ । मंगलबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंका १९९, ललितपुरका १९ र भक्तपुरका १४ गरि २३२ सहित ८५५ जनामा संक्रमण पुष्टिभएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको जानकारीदिनुभयो ।

त्यस्तै उहाँले देशभरका क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४५३ जना र सक्रिय संक्रमितको सख्या १४ हजार २५० जना रहेको बताउदै यसमध्ये होम आइसोलेसनमा बस्नेको संख्या ५ हजार ६७९ जना रहेको बताउनुभयो ।

त्यस्तै गत २४ घण्टामा ३१३ जना कउपचार पछि कोभिड मुक्तभएसंगै डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको सेत उहाँले बताए ।  साथै पछिल्लो २४ घण्टामा देशभर संक्रमणका कारण थप ७ जनाको मृत्यु भएसंगै  मृतकको सख्या १६४ पुगेको जानकारीदिदै प्राप्त पछिल्लो विवरण अनुसार स।क्रमणबाट मृत्यु वरण गर्नेमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।