शनिबार, बैशाख ८, २०८१

उपत्यकाका २२४ सहित थप ७४३ जना कोभिड संक्रमित थपियो ,८ संक्रमितको निधन

काठमाडौं भाद्र ८,

सोमबार देशका विभिन्न प्रयोगशालामा १० हजार २३४ वटा पिसिआर परीक्षणको क्रममा उपत्यकाका २२४ सहित थप ७४३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियममित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज पहिचान भएका उपत्यकाका संक्रमित मध्ये  काठमाडौंका १७७, ललितपुरका ३३ र भक्तपुरका १४ जनासहित २२४ जना रहेको जानकारी दिनुभयो ।

त्यस्तै हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २७५ जना रहेको र सक्रिय सख्या १३ हजार ७१५ जना रहेको जानकारी दिनुभयो साथै उहाँले सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार ५६१ जना र यसमध्ये १५ जना भेन्टिलेटर र १३८ जनाको आईसियूमा उपचार भैरहेको बताउनुभयो । त्यस्तै पछिल्लो २४ घण्टामा १७५ जना कोभिड मुक्त भएसंगै डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको जानकारी दिनुभयो ।

त्यस्तै ८ जना व्यक्तिको संक्रमणका कारण निधन भएको जानकारी दिदै उहाँले संक्रमणका कारण निधन हुनेमा सुनसरीका ६५ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, काठमाडौंका ४८ वर्षका एक महिला, रूपन्देहीका ६७ वर्षका एक महिला र रूपेन्देहीकै ३८, ५३, ५४ वर्षका तीन पुरुष र पर्साका ७० वर्षका एक महिला   रहेको जानकारी दिदै योसंगै मृतकको सख्या १५७  पुगेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।