बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका १८६ सहित ८८४ संक्रमितको पहिचान , १७५ जना आईसियू र २२ जनाको भेन्टिलेटरमा उपचार, एक दर्जनको निधन

काठमाडौं भाद्र १३ ,
शनिबार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९७१ जनाको पिसिआर परीक्षणको क्रममा थप ६४२ पुरुष ६४२ र २४२ महिला गरि ८८४ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ३७ हजार नाघेको जनाएको छ ।

शनिबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौंका १५५, ललितपुरका १९ र

भक्तपुरका १२ जना गरि १८६ जनामा संक्रमण पुष्टि भएको बताए ।त्यस्तै उहााले देशभर क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३५ जना र १६ हजार ५७८ जना संक्रिय   संक्रमित रहेको जनाउदै यसमध्ये होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ४४५ जना रहेको बताउनुभयो । साथै पछिल्लो २४ घण्टामा ३१३ जना कोभिड मसक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या २० हजार ५५५ पुगेको जानकारी दिनुभयो।

त्यस्तै  गरि १७५ जना आईसियू र २२ जनाको भेन्टिलेटरमा उपचार भैरहेका र २४ घण्टामा संक्रमणबाट ३ महिला र ९ पुरुष गरि एक दर्जन को मृत्यु भएको छ । सँगै कोरोनाले मृत्यु हुनेको संख्या २ सय नाघेको जनाएको छ ।

संक्रमणबाट मृत्यु वरण गर्नेमा पाल्पा, काठमाडौं र भक्तपुरका ३ जना महिला छ भने पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना गरी ८ जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।