शनिबार, बैशाख ८, २०८१

उपत्यकाका १६८ सहित देशभरमा थपिए ५८१ नयाँ सङ्क्रमित

काठमाडौं भाद्र १,
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५२० वटा नमूना परीक्षणको क्रममा काठमाडौँ उपत्यकामा १६८ सहित देशभरमा ५८१ नयाँ सङ्क्रमित थपिएका छन् ।उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौमा १३९, ललितपुरमा १५ र भक्तपुरका १४ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएसंगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ७९५ पुगेको जानकारी दिनुभएको छ । त्यस्तै उहाँले देशभर क्वारेन्टिनमा रहेको सङ्ख्या १५ हजार १९८ रहेको जानकारीदिनुभएको छ।

साथै  कोभिडका कारण रौतहटका ३२ वर्षीय पुरुष, काठमाडौका ५८ वर्षीय महिला र मोरङका ६० वर्षीय पुरुषको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको जानकारीदिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।