शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका १५९ जना सहित थप ६८१ जनामा कोभिड संक्रमण पुष्टि ,६ को मृत्यु

काठमाडौं भाद्र ३ ,

बुधबार विभिन्न देशका प्रयोगशालामा ११ हजार ५२२ वटा पिसिआर परीक्षणको क्रममा काठमाडौंका १३४, ललितपुरका १७ र भक्तपुरका ८ जना गरि १५९ जना सहित थप ६८१ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएके छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५७१ जना र संक्रमित सक्रिय सख्ंया ११ हजार ११८ जना रहेको जानकारीदिदै सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार १३१ रहेको बताउनुभयो । गत २४ घण्टाभित्र १२० संक्रमित उपचारपछि डिस्चार्जभएसंगै निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ ।

साथै उहाँले संक्रमितमध्ये ६ जना भेन्टिलेटर र १३१ जनाको आईसियूमा उपचार भैरहेको समेत बताउनुभयो । त्यस्तै यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि गरेसंगै संक्रमणका कारण मृत्यु हुनेको सख्या १२० पुगेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।