शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका १०६ सहित ४६४ जना नयाँ कोभिड सङ्क्रमित थपिए

काठमाडौ साउन २३,

पछिल्लो समय ७ हजार ९२६ जनाको स्वाब परीक्षणको क्रममा काठमाडौंका ९४ जना, ललितपुरमा ८ र भक्तपुरमा ४ जना सहित ४६४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशैभर सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार ३३० रहेका छन् भने १० हजार २०७ जना क्वारेन्टिनमा रहेको जानकाीदिएका छन ।

त्यस्तै उहाँले पछिल्लो चौबीस घण्टामा ४२५ जना सङ्क्रमित निको भएर घर फर्केसंगै डिस्चार्ज हुनेको सख्या १५ हजार ८१४ जना पुगेको जानकारीदिनुको साथै   संक्रमणका कारण  ७० जनाको मृत्यु भएको  बताउनुभएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।