बुधबार, बैशाख १२, २०८१

इस्लाम धर्मावलम्बीले आज इदु उल अजहा मनाउदै

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं साउन १७ ,
इस्लाम धर्मावलम्बीले मनाउने महान चाड बकरिद अर्थात इदु उल अजहा आज मनाउदैछ । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिने गर्दछन् ।

यसरी दिएको कुर्बानीको ३ भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।

  प्रस्तुत पर्वका क्रममा    कोभिड संक्रमणका कारण मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इदु उल अजहा  मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले संक्रमणको जोखिम अझै कायम रहेका कारण आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गर्नुभएको हो । आजको दिन मुलत मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढने चलन छ । तर यो वर्ष कोभिड संक्रमणको अवस्था भएकाले घरमै नमाज पढने तयारी गरेको थाहा भएको छ ।

यसैवीच इस्लाम धर्मावलम्बीले मनाउने महान चाड बकरिदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ,संबैधानिक निकायका प्रमुख तथा मुख्य राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् । उहाँहरुले आआफ्नो शुभकामना सन्देशमा नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरेका छन । बकर इद’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बीमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।