मङ्लबार, बैशाख ४, २०८१

इन्द्रध्वजोत्थान अर्थात लिङगो उभ्याउने परम्परामा लाग्यो विराम , क्षमा पूजा गरिने

काठमाडौ भाद्र ४,

बढ्दो कोभिड संक्रमणको जोखिम र जारी निषेधाज्ञाका कारण वर्ष २०७७को इन्द्रजात्रा पर्व अन्र्तगत जात्रा शुभारम्भको प्रतिक इन्द्रध्वजोत्थान अर्थात लिङगो उभ्याउने परम्परामा विराम लाग्ने भएको छ ।  इन्द्रजात्रा सञ्चालनको जिम्मेवारी वहन गर्दै आइरहेका काठमाडौं गुठी संस्थानले पञ्चाङ्ग निर्णायक समितिबाट प्राप्त इन्द्रध्वजाको आवश्यक रुख काट्ने साइत विहिवार ९ः२५ बजेको साइत जुराएपनि जारी निषेधाज्ञासंगै यसवीचमा हुन सकने भिडभाडका कारण रुख कटान संभव नभएको जनाएको छ ।

स्मरण रहोस आज निर्धारित शुभसाइतमा काटिएको रुख अर्थात इन्द्रध्वजा  भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन ।हनुमानढोका दरबार क्षेत्रमा ल्याइने परम्परा रहेको छ । त्यसपछि आगामी भाद्र १४ गते भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन बिहान ७ः०७ बजे हनुमानढोका दरवार परिसरमा उभ्याएसंगै आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी राष्टाध्यक्षको उपस्थितीमा राष्ट्रिय पर्वको रुपमा राजधानीमा इन्द्रजात्रा मनाईने गरिन्छ ।

तर संक्रमणकै कारण भाद्र शुक्ल चतुर्दशीका दिन भाद्र १६ गते मनाइने जात्रा समेत स्थगित गरिएको छ । साथै परम्परागन रुपमा सञ्चालन हुँदै आएको जात्रा स्थगित हुनेभएसंगै क्षमा पूजा गर्ने तयारी गरिएको संस्थानले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।