शनिबार, बैशाख ८, २०८१

आज बिघ्नहर्ता भगवान् श्री गणेशको जन्मदिन अर्थात गणेश चतुर्थी मनाइदै

काठमाडौ भाद्र ६,

बिघ्नहर्ता भगवान् श्री गणेशको जन्म भएको दिनका रुपमा आजधार्मिक आस्था अनुरुप काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका गणेश मन्दिरमा विशेष पूजा गरी श्री गणेशको जन्मोत्सव मनाइदैछ ।

सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख रहे अनुरुप विगतका वर्षमा आजका दिन उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्थ्यो ।

तर वर्ष ०७७ मा उपत्यकामा कोभिड संक्रमणको जोखिमका कारण जारी निषेधाज्ञाका कारण श्री गणेको पूजा आराधना पनि घर घरमै सिमित भएको अवस्था छ । मठमन्दिरमा केवल नित्य पूजा अर्चना मात्रै हुने भएको छ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले   चथा पर्वका रूपमा मनाउँछन् । चथा पूजाको क्रममा नेवार समुदायले बेलुका चन्द्रमालाई कमलको फूल, चथा फूल, समयबजी, फलफूल, उखु र अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने प्रचलन रहिआएकोछ । त्यस्तै आजको दिन उनिहरुले  बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने प्रचलन रहिआएको छ ।