शनिबार, बैशाख ८, २०८१

अल्कोहलयुक्त सेनिटाइजर मादक पदार्थका रुपमा पिउँदा १० जना ठहरै

समाचार एजेन्सी साउन १७,
भारतमा सेनिटाइजरलाई मादक पदार्थका रुपमा पिउँदा १० जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको कुरीछेडु गाउँमा सेनिटाइजरमा अन्य हल्का पेय पदार्थ र पानी मिसाइ सेवन गर्दा उनीहरुको मृत्यु भएको हो ।

मृतकहरुले मदिरा पसल बन्द भएकाले अल्कोहलयुक्त सेनिटाइजरलाई मादक पदार्थका रुपमा दश दिनदेखि सेवन गर्दै आएको स्थानीय प्रहरी लाइ उदृत गर्दै सञ्चारमाध्यमहरुले जनाउदै घटना पछि प्रहरीले  सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्ने बारे अनुसन्धानका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको जनाएको छ ।

छ । कोभिड संक्रमण बढेपछि आन्ध्र प्रदेश सरकारले कडा मापदण्ड लागू गरेको छ । भारतमा कोभिडबाट १६ लाख ३८ हजार भन्दा बढी प्रभावित छन । ३६ हजारको मृत्यु भइसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।