शनिबार, बैशाख ८, २०८१

अभिभावक विहिन बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने पूर्वमन्त्री बस्नेतको घोषणा

काठमाडौ भाद्र १० ,
नेपाली काँग्रेसका नेता एव सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट अभिभावक गुमाएका ८ जना बालबालिकालाई १२ कक्षा सम्मको पठन पाठनको व्यवस्था गर्ने जिम्मा आफूले लिने घोषणा गर्नुभएको छ ।

जिल्लामा पहिरोबाट अभिभावक गुमाएर टुहुरो भएका स्मारिका दोङ्ग, सविता दोङ्ग, दुर्गा दोङ्ग, कविता दोङ्ग, अनिता दोङ्ग, कान्छी दोङ्ग, छिरिङ गोले र नाम नखुलेको साङबहादुर दोङ्गकी छोरीको पठनपाठनको व्यवस्था गर्ने घोषणा विज्ञप्तिमा उल्लेख गर्नु भएको हो।

त्यस्तै विज्ञप्ति माफत नेता बस्नेतले अभिभावक विहिन ती वालवालिकालाइ  यसै शैक्षिक शत्रबाट काठमाडौं उपत्यकाभित्र रहेका स्कुलको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने जनाउ दिदै यथाशीघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तलाई आग्रह गर्नुभएको छ । अविरल वर्षाका कारण यस वर्ष सिल्धुपाल्चोकमा ८० जना बेपत्ता भएका छन्, ४८ भन्दा बढीको लास  फेला परेको छ । सयौं परिवार घरबार बिहिन भएका छन् भने कतिपय बालबालिकाहरु परिवार गुमाई टुहुरा भएके उल्लेख गर्नुभएको छ।

त्यस्तै पछिल्लो समय अर्थात गत साउन ३० गते जुगल गाँउपालिका–२ स्थित लिदी गाँउमा आएको पहिरोमा ३९ व्यक्ति बेपत्ता भएकोमा हालसम्म ३२ जनाको शव भेटिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।