शुक्रबार, चैत्र १६, २०८०

अघिल्लो दिनको तुलनामा उपत्यकामा संक्रमितको पहिचान सख्या घट्यो, मृत्युदर भने उस्तै

आईसियू र भेन्टिलेटरमा उपचारारत संक्रमितको सख्या भने ह्वात्तै बढ्यो

काठमाडौं भाद्र १३ ,

विश्वव्यापी कोभिड १९ को बढ्दो उच्च जोखिम सहितको रफ्तार उपत्यकामा अघिल्लो दिनको तुलनामा आज संक्रमितको संख्या घट्दो रुपमा पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा काठमाडौंका १५५, ललितपुरका १९ र भक्तपुरका १२ जनासहित १८६ जनामा संक्रमण पुष्टि भएको बताएसंगै शुक्रबारको तुलनामा उपत्यकाका संक्रमित घट्दो रुपमा पाईएको हो ।

यद्यपी शुक्रवार देशका विभिन्न प्रयोगशालामा १० हजार २२९ जनाको पिसिआर परीक्षणको क्रममा ५९३ पुरुष र ३३४ महिला गरि ९२७ जनामा कोभिड संक्रमण पुष्टि हुनुको अलावा उपत्यकामा अहिलेसम्मकै उच्च अर्थात ४ सय १५ जना कोभिड संक्रमित थपिएको थियो भने शनिबार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९७१ जनाको पिसिआर परीक्षणको क्रममा काठमाडौंका १५५, ललितपुरका १९ र भक्तपुरका १२ जना गरि १८६ जनामा संक्रमण पुष्टि भएको अवस्थालाइ विश्लेषण गर्दै यस्तो अनुमान गरिएको हो ।

यसैवीच उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले भाद्र ३ गते मध्यरात्रीबाट जारी गरको निषेधाज्ञाको दोस्रो कायम रहेको छ । जुन आगामी भाद्र १७ गते मध्यरात्रीसम्मको लागि तोकिएको छ ।

त्यस्तै शुक्रवार १६४ जना आईसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भएको जानकारी दिईएको थियो भने शनिवार १७५ जना आईसियू र २२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको जानकारी दिईएको अवस्थमा भने उतारचढाव आएको छ । त्यस्तै शुक्रवार पनि एकदर्जन संक्रमितको निधन भएको थियो भने शनिवार पनि एकदर्जन संक्रमितको निधन भएको अवस्था छ ।

समग्रमा संक्रमितको पहिचानको पुष्टिमा भएको उतारचढावका कारण संक्रमित घट्यो भन्दै लापरवाही गर्न नहुनेमा मन्त्रालयको जोड रहेको छ । साथै संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक बढ्नुले स्थिती थप भयावह भएको मन्त्रालय सम्वद्ध अधिकारीहरुको अमिभत रहेको छ ।

स्मरण रहोस पछिल्ला हप्तादेखि मृतकको संख्या ह्वात्तै बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कारण १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।