मङ्लबार, कार्तिक ११, २०७७

२०७६ सालको एसईईको नतिजा प्रकाशित

काठमाडौं भाद्र १,

राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । कोभिड संक्रमणका कारण ०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको अवस्थामा वर्ष ०७६को एसईई परीक्षा सरकारले परीक्षाको पूर्वसन्ध्यामा अर्को निर्णय नभएसम्मका लागि स्थगन गर्ने निर्णय स्थगित गरेको थियो ।

यद्यपी परीक्षा स्थगन गरिएपनि विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधारमा  यसअघि मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुरुप राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्त विवरण अनुरुप बोर्डले प्राप्त विवरणलाई रुजु र ग्रेडिङ गरी प्रमाणीकरण गर्दै बिद्यार्थीको परीक्षाफल प्रमाणित गर्दै आज परीक्षाफल प्रकाशित गरेको हो ।

नतिजाको विवरण जान्नका लागि निम्नानुसनरको सुविधा प्रयोग गर्न सक्नुहुने छ :

प्रकाशित  नतिजा विगतमा जस्तै टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने वोर्डले जनाएको छ । साथै प्रकाशित नतिजाको त्रुटी सच्याउन बिद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु याउने व्यवस्था समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु