बिहिबार, अशोज ७, २०७८

सीटीईभीटीबाट सञ्चालित तालीम खारेज गर्ने सरकारको निर्णय दुःखद् : नेविसङ्घ

काठमाडौ भाद्र १५,
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालित तालीम खारेज गर्ने सरकारको निर्णय दुःखद् भएको बताएको छ ।
सङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्तिमा सीटीइभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी CMA , NNM , ल्याब असिस्टेन्टलगायत  TSLC र SEE  स्तरका १८ महिने स्वास्थ्य तालीम खारेज गर्ने सरकारको निर्णय आफैमा अराजक भएको उल्लेख गरिएको छ ।

“प्राविधिक शिक्षासम्बन्धी भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित तालीम बन्द गर्दा ठूलो अन्योल छाएको छ”,  जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै नेविसङ्घले कोभिड–१९ विरुद्धको सङ्घर्षमा अग्र भागमा कार्यरत सिएमए, एएनएम, ल्याब असिस्टेन्टलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालीमरत १२ हजार विद्यार्थीलाई आतङ्कित बनाउँदै कुनै खाका र योजनाबिनै बन्द गरिनु घोर आपत्तिजनक भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु