अरुणा मानन्धर/काठमाडौं साउन २२,
सामाजिक व्यवस्था परिवर्तनको लागि अर्को संघर्षको तयारीमा जुट्नुको विकल्प नरहेकोमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । आज प्रेस सेन्टर नेपाल केन्द्रीय समितिद्धारा आयोजित ‘गणतन्त्र प्राप्तिका लागि शहीदहरुको भूमिका र राज्यको दायित्व’ विषयक छलफल कार्यक्रमका सहभागिहरुले त्यस्तो बताएका हुन ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका अतिथि वक्ताहरुले हिजो जनन्यायीक व्यवस्था प्राप्तिका लागि आफ्नो जीवनको आहुती दिएका महान शहीद, अपाङ्ग र योद्धाहरुको सपना तत्कालिन नेतृत्वको सैद्धान्तिक विचलनसँगै ओझेलमा परेको औल्याए ।
कार्यक्रममा बोल्दै शहीद प्रतिस्थापन नेपालका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वास्तविक रुपमा आम नागरिकको आधारभूत समस्या हल हुने, जनन्यायीक व्यवस्था ल्याउने सपना देखेर गरिएको दशबर्ष जनयुद्धलाई नेतृत्वको गद्दारीका कारण दलाल संसदवादमा रुपान्तरण हुन पुगेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै शहीद तथा वेपत्ता योद्धा परिवार समाजका प्रतिनिधि ज्ञानु खतिवडाले पनि वर्तमान राज्यव्यवस्थाले परिवर्तनको लागि लडेको शक्तिलाई आज अपमानीत गरेको बताए । शहीदहरुको सपनाको वर्तमान सरकारले हत्या गरेको उनले आरोप लगाए ।
त्यस्तै माओवादी केन्द्रका महासचिव, जनक्रान्तिका महान सहिद परिवार समाजका अध्यक्ष तथा पूर्व संसद कर्णजीत बुढाथोकीले पार्टीले तत्कालिन जनयुद्धले उठान गरेका मुद्दालाइृ खेरजान नदिनले प्रतिबद्धता जनाएको भन्दै केही दिनमा राज्यको अराजकता, भ्रष्टाचारी, जनतन्त्र, जनजीवीकाको समस्याबारे थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको बताए ।
कार्यक्रममा त्यस्तै क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी,अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पूर्व जनमुक्ति सेनाका जुझारु योद्धा, अरुण घिसिङ लगायतले प्रस्तावित विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कर डरले नभइ रहरले तिर्ने करमैत्री वातावरण बनाउन आवश्यक: वडाध्यक्ष मानन्धर
- नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन सहितको विरोधसभा गर्दै
- आवश्यक सम्पूर्ण स्वास्थ्य सर्तकता सहित स्वस्थानी शालिनादी व्रत मेला सञ्चालन गरिने
- सहकालका देवता सेतो मच्छिन्द्रनाथको विधिवत महास्नान सम्पन्न
- प्रतिनिधिसभा विघटनविरुद्ध देशभर स्थानीय तहका वडामा काँग्रेसको प्रदर्शन
- कोभिड अपडेट : देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९
- प्रचण्ड र माधव नेपालबीच चुलिदै आएको प्रेम सिनेमाको प्रतिविम्व: प्रम ओली
- भारत सरकारद्वारा १० लाख मात्रा कोभिड विरुद्धको खोप हस्तान्तरण
- कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै
- संसद विघट कदमविरुद्ध वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपिल
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान