मङ्लबार, बैशाख ४, २०८१

राष्ट्रियसभाका रिक्त ४ वटै समितिका सभापतिको निर्वाचन साउन २३ गते हुने

काठमाडौं साउन २० ,

संघीय संसद सचिवालयले राष्ट्रियसभाको नियमावलीमा समितिका सभापति र सदस्यहरुको पदावधि २ वर्षमा सकिने व्यवस्था अनुसार रिक्त रहेको राष्ट्रियसभाका चारै समिति क्रमस राष्ट्रियसभामा दिगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयले सोमबार जारी गरेको सूचनामा राष्ट्रियसभा अन्र्तगतका चारवटै समितिका सभापति चयनको लागि साउन २३ गते शुक्रबार निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिकामा सचिवालयले प्रकाशित निर्वाचन कार्यतालिका अनुसार शुक्रबार दिउँसो १ बजे सम्बन्धित समितिहरुमा निर्वाचन हुनेछ ।

यसअघि चार समितिमध्ये ३ समितिका सभापति सत्तारुढ दल नेकपाको तर्फबाट प्रतिनिधीत्व रहेको थियो भने १ समितिको सभापति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधीत्व गर्दै आएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।