शनिबार, बैशाख ८, २०८१

प्रधानन्यायाधीश जबरालाई नेपाल बारको १७ बुँदे ध्यानाकर्षण

काठमाडौ साउन २७,

 नेपाल बार एसोसिएशनले न्यायलयामा मौलाएको विचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र अविलम्ब गठन गर्नुपर्ने माग सहित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सोमवार १७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

ध्यानाकर्षणपत्रमा वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा बारको सुझावलाई गम्भीरतापूर्वक नलिएको न्यायाधीश नियुक्ति, न्यायलयमा हुने सबै प्रकारका राजनीतिक हस्तक्षेप निषेध र अस्वीकार गर्नुपर्ने मुख्य न्यायाधीश, मुख्य भई काम गर्ने न्यायाधीश वा न्यायाधीश नियुक्ति गर्दा निश्चित आधार, कारण र मापदण्ड आधारमा गरिनुपर्ने अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई तत्काल नियन्त्रण लगायतका माग रहेको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिनुभएको छ ।

ध्यानाकर्षण पत्रमा अदालतका आदेश, फैसलाको कार्यान्वयन तत्काल गरी न्याय भएको अनुभूति दिलाउनुपर्ने, दैनिक तथा साप्ताहिक पेशी सूचीमा मुद्दा स्थगित हुँदा समान प्रकृतिका मुद्दामा समान आधार र कारणका आधारमा स्थगित गर्नुपर्नेलगायत रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु