मङ्लबार, मंसिर १३, २०७९

देशको निकासका लागि नेकपाले काम गर्न नसकेको आरोप सहित नेकपा (माओवादी) पार्टीको घोषणा

भक्तपुर साउन २०,
जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेपछि नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको छ । आज भक्तपुरस्थित रफत संचार क्लवमा पत्रकार सम्मेलन गरी ३१ सदस्यीय केन्द्रिय कमिटी निर्माण भएको घोषणा गरिएको हो । नेकपा माओवादी पुनगठन भएको घोषण गर्दै नव–गठिन नेकपा माओवादीका अध्यक्ष जुनेल जिसी ले सत्तारुढ दल नेकपाले सर्वहारा जनताको मुद्दा स्थापित गर्न नसकेको र सत्ताकै लागी मात्र लडाई गरेकाले बाध्य भएर आफूहरुले नेकपा माओवादी पुनर्गठन गर्न बाध्य भएको बताउनुभयो ।

देशको निकास र विकासका लागि नेकपाले काम गर्न नसकेकाले आफूहरुले नेकपा माओवादी पुनर्गठन गरेको भन्दै उहाँले भन्नुभयो “प्रचण्ड र बादलसँग पटक पटक बार्ता गर्दा पनि जनयुद्धका घाइते, अपागं, मजदुर किसानको मुद्दालाई बेवास्ता गरेपछि पार्टी पुनर्गठनको घोषणा गरिएको हो ।”
घोषणा सभा कार्यक्रममा नव–गठित नेकपा माओवादीका प्रवक्ता डेनीस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा जनताको मागलाई उपेक्षा गरिएपछि आफूहरुले नेकपा माओवादी घोषणा गर्न बाध्य भएको बताउनुभयो ।

उहाँले हालको अवस्था सम्म पुग्न १० वर्ष जनयुद्धका नाममा प्रचण्ड लगायतका नेताले १७ हजारको बलिदानलाई सत्ताका लागि खुडकिलो मात्र बनाएका कारण आफूहरु ती सहिदको भावनालाई मध्यनजर गर्दै नवगठित पार्टी घोषणा गरिएको बताउनुयो । उक्त नवगठिन नेकपा माओवादीमा साविक नेकपा माओवादी केन्द्र सँग आवद्ध भएका ३१ सदस्यीय नेताहरुले पार्टी पुनगठन गरेका हुन् ।  यसअघि   साविक नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएसँगै राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको थियो । नवगठिन नेकपा माओवादी घोषणाले सत्तारुढ दल नेकपा र राष्ट्रिय राजनीतिमा हलचल आउने राजनीतिक विश्लेषकहरुको अनुमान रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु